३१ जेठ २०८३, आइतबार

अपडेटः एमालेको खातामा एक तह थपियो, जीत तह संख्या ३ पुग्यो

कात्तिक २०, २०७४
अपडेटः एमालेको खातामा एक तह थपियो, जीत तह संख्या ३ पुग्यो

जनकपुरधाम, ५ असोज—  २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा एमालेले बिहिबार बिहानसम्म तीन तह   जितेको छ । धनुषाबाट खाता खोलेको एमालेले सप्तरी र पर्सामा पनि एक—एक तह जितेको छ   ।
धनुषाको बटेश्वर गाउँपालिकामा एमालेका डम्बर बहादुर राउत २३७७ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्द्धी राम आशिष महतोले २१९६ मत प्राप्त गरे ।UML-Ballot
उपप्रमुखमा एमालेकै इन्दिरा सिंह २२९० मत प्राप्त गरी विजयी भइन् ।
यस्तै सप्तरीको सप्तकोसी नगरपालिकामा पनि एमाले प्यानलसहित विजयी भएको छ ।
मेयरमा उत्तम गौतमले ३०३९ मत प्राप्त गरे । उनका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका ध्रुब कार्कीले १८८३ मत प्राप्त पारे । यस्तै उपमेयरमा एमालेकै आशा चौधरी विजयी भएकी छन् ।
यता पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भएका छन् ।
चौधरीले नेपाली कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई पराजित गरे । दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता चौधरी विजयी भइन् ।

salt training

कमेन्ट गर्नुहोस्