०२ साउन २०८३, शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण

नेपाल र चीनबीच विभिन्न १२ सम्झौतामा हस्ताक्षर

असोज ८, २०८०
काठमाडौं
नेपाल र चीनबीच विभिन्न १२ सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमवार बेइजिङमा भएको द्विपक्षीय वार्तापछि ती सम्झौतामा हस्ताक्षर भएको हो । 

१२ सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ, जसमा कृषि, सडक पूर्वाधारलगायत सम्झौता छन् ।

null

सम्झौतापत्रमा नेपालका लागि चिनियाँ राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलगायतले हस्ताक्षर गरेका छन् ।

आजै संयुक्त विज्ञप्तिमार्फत सम्झौताबारे जानकारी गराइने प्रचण्डको सचिवालयले जनाएको छ । 

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्डलाई सोमवार बिहान राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्