२२ जेठ २०८३, शुक्रबार

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी

कात्तिक २०, २०७४
सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय फोरम विजयी


लहान, ५ असोज - सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
Federal-Forum-Ballot
गएराति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा नेकपा (माओवादी केन्द्र)का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंहले दुईहजार सात मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्