२६ जेठ २०८३, मंगलबार

एमाले कोशी प्रदेशको सचेतकमा कमला दर्नाल नियुक्त

असोज ८, २०८०
विराटनगर
एमाले कोशी प्रदेशको सचेतकमा कमला दर्नाल नियुक्त

नेकपा (एमाले)ले कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाललाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता हिक्मतकुमार कार्कीको निर्णयअनुसार दर्नाललाई सचेतकमा नियुक्त गरिएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

एमालेको तर्फबाट यसअघि सचेतकमा नियुक्त सिर्जना राई राज्यमन्त्रीमा नियुक्त भएपछि उक्त पद खाली थियो । उनको स्थानमा दर्नाललाई ल्याइएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्