१० साउन २०८३, आइतबार

म काटिएर कांग्रेसका अरू नेतालाई जोगाएँ– महेन्द्र यादव

असोज ८, २०८०
काठमाडौं
म काटिएर कांग्रेसका अरू नेतालाई जोगाएँ– महेन्द्र यादव
फाइल फोटो

कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले आफू काटिएर पार्टीका अरू नेतालाई काटिनबाट जोगाएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा सोमवार बोल्दै यादवले कांग्रेसप्रति धेरै आक्रोश देखिँदा आफूमाथि खुकुरी प्रहार भएको बताएका हुन् । 

‘मेरो हत्या प्रयास गर्नेबारे अध्ययन गर्न इन्स्पेक्टरलाई कुरा गर्न पठाएँ । उहाँले महेन्द्र यादवलाई चिनेको थिइनँ, तर चार/पाँच दिन अगाडिदेखि कांग्रेसी काट्न खुकुरी लिएर हिँडेको छु भनेछन् । म आफू काटिएर अरू कांग्रेसीलाई काटिनबाट जोगाएँ,’ यादवले भने, ‘उसले जुन कुरा भनेको छ, यस्तो मात्रै हो त ? देशमा कांग्रेसले मात्रै शासन गरेको छैन । सबै पार्टी सरकारमा छन् । कांग्रेस मात्रै किन काट्न खोज्यो ? गहन छानबिन भएर जडसम्म जानुपर्छ । अब कुनै कांग्रेसी नकाटियोस् ।’ 

अहिले नेपालमा जति पनि आर्थिक समृद्धि र नागरिक अधिकार छन्, ती सबै कांग्रेसका कारण सम्भव भएको भन्दै उनले जनतालाई बुझाउन नसकिएको तर्क गरे ।

आफ्नो दलका नेताविरुद्ध गृहमन्त्रीले छानीछानी अनुसन्धान र मुद्दा लगाएको उनको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्