
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कार्यक्रमलाई नाटकको संज्ञा दिएका छन् ।
बिस्केट र लाखे जात्राजस्तै कुन जात्रा भनेर सर्वसाधारण हेर्न आएको उनले टिप्पणी गरे ।
आइतवार भक्तपुर दरबार क्षेत्रमा रहेको तलेजु मन्दिर दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र त्यहाँ पुगेका थिए । सो कार्यक्रममा ठूलो संख्यामा मानिसहरू सहभागी भएका थिए ।
‘भक्तपुरमा नाटक देखियो, महिनौं लगाएर ३/४ हजार जम्मा गरेछन् । बिस्केट, लाखे जात्रा हुने ठाउँमा कुनै जात्रा भनेर सर्वसाधारण हेर्न आएछन् । यतापट्टी कमेन्ट गर्नुपर्ने छैन,’ सोमवार पार्टीको बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले भने ।
पूर्वराजा सहभागी कार्यक्रममा हजारौं मानिस उपस्थित भएको भन्दै राजावादीहरू भने उत्साहित भएका छन् ।