०४ असार २०८३, बिहीबार

निधिको गृहजिल्लामा एमालेको दोस्रो जीत

कात्तिक २०, २०७४
निधिको गृहजिल्लामा एमालेको दोस्रो जीत

जनकपुर, ५ असोज– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहजिल्ला धनुषामा नेकपा एमालेले स्थानीय तह प्रमुखमा दोस्रो जीत दर्ता गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । वटेश्वरमा एमालेका डम्बरबहादुर राउत २३७७ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअशीष महताले २३०७ मत प्राप्त गरे ।

यस्तै बटेश्वरको उपप्रमुखमा पनि नेकपा एमालेकै इन्दिरा सिंह २२९० मत ल्याइ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी २१९३ मत प्राप्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्