१२ साउन २०८३, मंगलबार
एसियाली खेलकुद

नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य

असोज १०, २०८०
काठमाडौं
नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए ।  उनले मात्रै ५० बलमा १३७ रन बनाए । १३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे । 

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का हाने । 

दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे । 

salt training

कमेन्ट गर्नुहोस्