२५ जेठ २०८३, सोमबार

एमाले बागमती प्रदेश अधिवेशन– नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन

असोज १०, २०८०
काठमाडौं
एमाले बागमती प्रदेश अधिवेशन– नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन
फाइल फोटो

एमाले बागमती प्रदेश अधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय परिसरको तुलसीलाल स्मृति प्रतिष्ठानमा मतदाता नामावली प्रकाशन भएको हो ।

बागमतीको प्रदेश अधिवेशनमा साढे ११ सय हाराहारी प्रदेश प्रतिनिधि छन् ।

अब साढे ११ बजेपछि उम्मेदवारी मनोनयनका लागि फाराम वितरण गर्ने कार्यक्रम छ । उम्मेदवारी दर्तापछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी निर्वाचन कमिटीको छ ।

मतदान भने भोलि बिहान ८ बजेबाट शुरू हुने जनाइएको छ । एमालेले विद्युतीय मशिनबाट मतदानको प्रबन्ध मिलाएको जानकारी अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले दिए ।

निर्वाचन गर्ने प्रयोजनका लागि मंगलवार एमालेले गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो ।  

एमाले बागमतीमा अध्यक्ष, उपाध्यक्ष, सचिव एक-एक र सह-सचिव २ सहित २४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । 

नेताहरूले अन्तिमसम्मै सहमतिको प्रयास गर्ने बताएका छन् । तर, अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल मुख्य दाबेदार देखिएका छन् ।

सोमवार उद्घाटन भएको अधिवेशनमा मंलगलबार बन्द सत्रमा अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन गए राति पारित गरेपछि निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरू भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्