

काठमाडौं, ५ असोज - लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको समय पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक तथा जुटपत्ति समेटिएको नयाँ एप्लिकेशन जुटपत्ती एण्ड कल ब्रेक – हाम्रो कार्डस प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यो लिंक https://goo.gl/w1s2G2 मार्फत् तत्काल डाउनलोड गर्न सकिनेछ ।
हरेक उमेर समुहका नेपालीकालागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल हो । स्मरण रहोस् शदियौंदेखि मानवको दिमागी कसरतको भरपर्दो माध्यमका रुपमा तास खेल रहेको छ ।
यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सक्नुहुनेछ । साथै अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिनेछ ।
विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिनेछ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनकालागि मात्र हुनुपर्दछ । यसै एप्लिकेशन मार्फत् पर्विय उल्लासको यी विशेष दिनहरूको हाम्रो पात्रोको तर्फबाट मङ्गलमय शुभकामना समेत व्यक्त गरिएको छ ।
सुझाव तथा प्रतिक्रियाकालागि [email protected] मा इमेल लेख्न सकिने हाम्रो पात्रोका सन्तोष कुमार देवकोटाले बताए ।