१२ साउन २०८३, मंगलबार

इराकको एक वैवाहिक समारोहमा आगलागी: बेहुला-बहुलीसहित कम्तीमा १०० जनाको मृत्यु

असोज १०, २०८०
काठमाडौं
इराकको एक वैवाहिक समारोहमा आगलागी: बेहुला-बहुलीसहित कम्तीमा १०० जनाको मृत्यु

उत्तरी इराकी सहर काराकोस्थित एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । आगलागीमा १५० भन्दा बढी घाइते भएको अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।

इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहको विवाह हलमा भएको आगलागीमा एक सय जनाको मृत्यु  भएको बीबीसीले जनाएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन् । आगलागीको कारण खुलिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्