
दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विकले ती बालिकालाई सोमवार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।