
काठमाडौं, ५ असोज— तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । अहिलेसम्म १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये कांग्रेसले ५, एमालेले ४, माओवादीले २, संघीय फोरमले २, राजपाले २ र लोकतान्त्रिक फोरमले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।
नेपाली कांग्रेसले जीत हासिल गरेका स्थानीय तह
धनुषा
१– जनकनन्दी गाउँपालिका
२– औरही गाउँपालिका
रौतहट
३– परोहा नगरपालिका
सप्तरी
४– विष्णुपुर गाउँपालिका
सर्लाही
५– धनकौल गाउँपालिका
नेकपा एमालेले जीत हासिल गरेका स्थानीय तह धनुषा
मुखियापट्टी मुसहरनिया गाउँपालिका
बटेश्वर गाउँपालिका
पर्सा
पटेर्वा सुगौली गाउँपालिका
सप्तरी
सप्तकोशी नगरपालिका
माओवादी केन्द्रले जीत हासिल गरेका स्थानीय तह१– कर्जन्हा नगरपालिका, सिराह
२– अर्नामा गाउँपालिका, सिराह
लोकतान्त्रिक फोरमले जीत हासिल गरेका स्थानीय तहरौतहट
१– इशनाथ गाउँपालिका, सर्लाही
२– विष्णु गाउँपालिका ,सर्लाही
संघीय समाजवादी फोरमले जीत हासिल गरेका स्थानीय तह१– विष्णुपुर गाउँपालिका, सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह
राजपाले जीत हासिल गरेका स्थानीय तहधनुषा
१– हंसपुर नगरपालिका
२.कौडेना गाउँपालिका,सर्लाही