०५ साउन २०८३, मंगलबार

स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा गृहको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

असोज १०, २०८०
काठमाडौं
स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा गृहको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

गृह मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता घटनामा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानूनी कारबाही गर्ने जनाएको हो ।

‘...स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ । साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यसका साथै गृहले देशका सबै स्वास्थ्य संस्थाहरूमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित)’ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्थाहरू उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था निलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई भनेको छ ।

यस्तै, गृहले स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न मातहतका निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित रुपमा राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउन पनि गृहले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।​

यस्तो छ गृहको विज्ञप्ति

null

salt training

कमेन्ट गर्नुहोस्