१२ असार २०८३, शुक्रबार

डा. शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने

असोज ११, २०८०
काठमाडौं
डा. शर्माले उपाध्यक्षमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले फेरि सोही पदमा उम्मेदवारी दिने भएका छन् । 

डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न आगामी कार्यकालका लागि पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको बताए । उनले यसअघि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । 

विज्ञप्तिमा एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने उल्लेख छ ।  

डा. शर्माले विज्ञप्तिमा प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण  र सबैको साझा, सवल र स्मार्ट एनआरएनए  निर्माण  गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्