काठमाडौं, ५ असोज- मलेशियाको ठूलो सञ्जाल मानिने मर्चेन्टेड एसिया मलेसिया र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्झौता भएको छ । सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्टेड एसियाका तर्फबाट चिफ मनी सर्भिस बिजनेस अफिसर सर्भेसवार्न राजा गोपालले हस्ताक्षर गरे ।
मलेशियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेन्टेड एसियाबाट नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । मलेसियामा रहेका ४ सय २५ मर्चेन्टे

ड एसियाका केन्द्रबाट पठाएको त्यासे रकमा नेपालमा सिटी एक्सप्रेसको ५,००० भुक्तानी केन्द्रहरु मार्फत सहज तरीकाले भुक्तानी लिन सकिनेछ । सिटी एक्सप्रेसले रेमिटेन्स बिगत ११ बर्षदेखि रेमिटेन्स सेवादिदैं आइरहेको छ ।