३१ जेठ २०८३, आइतबार

राम रहीमको बैंक खातामा १ अर्ब १९ करोड, हनीप्रीतसँग कति ?

कात्तिक २०, २०७४
राम रहीमको बैंक खातामा १ अर्ब १९ करोड, हनीप्रीतसँग कति ?
साध्वीलाई बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय काटिरहेका बाबा राम रहीमको डेरा सच्चा सौदाको विभिन्न बैंक खातामा १ अर्ब १९ करोड रुपैयाँ फेला परेको छ ।

जबकी राम रहीमको नामका विभिन्न १२ खातामा १३ करोड ३५ लाख प्राप्त भएको छ । उता हनीप्रीतको विभिन्न ६ खातामा १ करोड ६० लाख प्राप्त भएको छ । सवैभन्दा धेरै ५० करोड रुपैया राम रहीम को प्रोडक्सन कम्पनी हकीकत एन्टरटेन्मेन्ट बैंकको २० वटा बैक खाताबाट प्राप्त भएको छ ।

यस हप्ता डेरा सच्चा सौदाको करिब ९० बैंक एकाउन्ट फ्रिज गरिएको छ । राम रहीमको बैंक एकाउन्टलाई पनि फ्रिज गरिएको छ । जसमा निकै कम रकम राखिएको थियो । हनीप्रीतको बैंक खाता भने अहिलेसम्म फ्रिज गरिएको छैन ।

यो डेरा र उसँग जोडिएका विभिन्न ५०४ बैंक खाताको जानकारी हो । जसलाई हरियाणा सरकारले संकलन गरेको थियो ।

हरियाणा सरकारले पूरै राज्यमा डेराको सम्पत्तिको सूची संकलन गरेको छ । यसबाट पत्ता लाग्छ कि डेरासँग सिरसामा मत्र १४३५ करोडको अचल सम्पत्ति रहेको छ ।

५०४ बैंक खातामध्ये ४ सय ९५ सिरसामा छ । धेरै जसो फिक्स डिपोजिट तथा सञ्चित खातामा राम रहीम, उनकी छोरी अमरप्रती तथा चरणप्रीत तथा छोरा जसमीत र उसकी श्रीमती, हनीप्रीत तथा डेरा सच्चा सौदा ट्रस्ट तथा त्यससँग जोडिएका सांस्थाहरुको नाममा रहेको छ । राज्य सरकारले यी सवै खातालाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्