२५ जेठ २०८३, सोमबार

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली

असोज ११, २०८०
काठमाडौं
दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको अदलीबदली

 दक्षिण सुडानमा तैनाथ शान्ति सेनाको अदलीबदली भएको छ ।  बाह्रौँ डफ्फालाई बदली गर्न खटिएको तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । 

सेनानी डम्मर बहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  गणपति, प्रमुख सेनानी अनिल के.सी.को कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिसन इलाका पुगिसकेका छन् ।

 यस्तै, उक्त मिसनमा तैनाथ शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू गणपति, प्रमुख सेनानी मदन जंग कार्कीको नेतृत्वमा  आश्‍विन १० गते नै स्वदेश फिर्ता भएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्