२४ जेठ २०८३, आइतबार

एनसेलको खुद मुनाफा ३५ प्रतिशत बढ्यो

कात्तिक २०, २०७४
एनसेलको खुद मुनाफा ३५ प्रतिशत बढ्यो
Ncell_Main Logo (3) (1)काठमाडौं, ५ असोज- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद नाफा आर्जन गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा ग्रुप बर्हादले हालै सार्वजनिक गरेको २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय प्रतिवेदनले सो कुरा बताएको हो ।

प्रतिवेदन अनुसार, दोस्रो त्रैमासिकमा एनसेलको खुद नाफा मलेसियन रिङ्गेट २० दशमलव ९८ करोड अर्थात ५ दशमलव ९४ अर्ब पुगेको छ । त्यसै गरी पहिलो त्रैमासिकको त’लनामा दोस्रो त्रैमासिकमा कम्पनीको आय पनि ३ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ ।

यसरी आम्दानी वृद्घि हुनेमा फोरजी सेवा संचालन पछि डाटा सेवामा भएका ११ दशमलव ५ प्रतिशतको वृद्घि र कम्पनीले ल्याएका विभिन्न अफरहरुको योगदान गरको आजियाटाले जनाएको छ । कम्पनीको संचालन मुनाफा पनि ३ दशमलव ५ प्रतिशतले बढेको छ । नेपालको एनसेल, क्याम्बोडियाको स्मार्ट र श्रीलंकाको डायलगको प्रम’ख योगदानमा आजियाटा गु्रपकै संचालन मुनाफा १२ दशमलव ४ प्रतिशतले बढेको आजियाटाले जनाएको छ ।

दोस्रो त्रैमासिकको वित्तिय प्रतिवेदन अनुसार एनसेलको डाटा खपत गतवर्ष सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ । अघिल्लो वर्ष सोही अबधिमा एनसेलको कूल डाटा खपत २७ लाख जिबी थियो । डाटा खपतमा वृद्घिसँगै कम्पनीको डाटाबाट हुने आयमा समेत १६ दशमलव ९ प्रतिशतले वृद्घि भएको आजियाटाले जनाएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कूल आय १४ दशमलव ४७ अर्ब रहेकोमा डाटा आयको योगदान १७ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । एनसेलको तथ्यांक अनुसार कूल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४ दशमलव ४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन्

प्रतिवेदन अन’सार यो वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिग्राहक डाटा खपतमा पनि भारीे वृद्घि रहेको छ । समिक्षा अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग गरेका छन ।. गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६९ एमबि थियो ।

salt training

कमेन्ट गर्नुहोस्