×

NMB BANK
NIC ASIA

चर्चा इलाम–२ कोः एमालेबाट कसले टिकट पाउलान्?

काठमाडाैं | असोज १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुलेरै देखिन थालेको छ । उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरूको समेत आँकलन र चर्चा सुरु भइसकेको छ ।

Muktinath Bank

बाबुको बिडो थाम्न एमालेबाट सुहाङलाई उनको उत्तराधिकारी बनाइनुपर्ने विचार व्यक्त भइरहँदा राजा फालेर ल्याएको लोकतन्त्र नेताको घरभित्रै चल्ने हो भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा नआएका होइनन् । बाबुजस्तै शालिन सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता सकारात्मक छन् भने केही नेताले जिल्लामा पहिलेदेखि गरेको दुःख पनि हेर्नुपर्दैन भन्ने कुरा पनि उठाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाममा सुहाङको चर्चा एमालेभित्र नेता नभएर होइन । बुबाको निधनपछि उनले देखाएको इच्छा र नेम्वाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा उनको नाम ल्याएको पनि देखिन्छ । भोलि उनी मैदानमा आउँदैनन् भन्न पनि सकिँदैन । हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकांक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् ।


Advertisment
Nabil box
Kumari

विगतमा नेम्वाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेताहरू आन्तरिक लबिङमा नलागेका होइनन् । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल र रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्वाङको समकालीन भएका कारण डा देवी क्षेत्री दुलाल पनि आकांक्षी छन् ।

Vianet communication
Laxmi Bank

सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार भएका कारण अहिलेसम्म एमालेमा सहज भएको सो क्षेत्रमा पार्टी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परेको पाइन्छ । अबको निर्वाचनमा एमालेमा पहिलेजस्तो सहज हुने देखिँदैन । राजधानी दैनिकमा विस्तृतमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x