२३ जेठ २०८३, शनिबार

चर्चा इलाम–२ कोः एमालेबाट कसले टिकट पाउलान्?

असोज १२, २०८०
काठमाडौं
चर्चा इलाम–२ कोः एमालेबाट कसले टिकट पाउलान्?

इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुलेरै देखिन थालेको छ । उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै नेपाली कांग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरूको समेत आँकलन र चर्चा सुरु भइसकेको छ ।

बाबुको बिडो थाम्न एमालेबाट सुहाङलाई उनको उत्तराधिकारी बनाइनुपर्ने विचार व्यक्त भइरहँदा राजा फालेर ल्याएको लोकतन्त्र नेताको घरभित्रै चल्ने हो भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा नआएका होइनन् । बाबुजस्तै शालिन सुहाङलाई बाबुको बाँकी रहेको कार्यभार पूरा गर्ने जिम्मेवारी दिएर जानेमा एमालेका केही नेता सकारात्मक छन् भने केही नेताले जिल्लामा पहिलेदेखि गरेको दुःख पनि हेर्नुपर्दैन भन्ने कुरा पनि उठाइरहेका छन् ।

इलाममा सुहाङको चर्चा एमालेभित्र नेता नभएर होइन । बुबाको निधनपछि उनले देखाएको इच्छा र नेम्वाङको निधनले विक्षिप्त बनेको बेला सहानुभूतिमा उनको नाम ल्याएको पनि देखिन्छ । भोलि उनी मैदानमा आउँदैनन् भन्न पनि सकिँदैन । हुन त बाहिर खुलेर टिकटको लबिङमा नलागे पनि आकांक्षी भने आधा दर्जनभन्दा धेरै देखिन्छन् ।

विगतमा नेम्वाङ राष्ट्रपति बन्ने र उपनिर्वाचन हुने चर्चा हुँदै गर्दा पनि उम्मेदवार बन्न यहाँका केही नेताहरू आन्तरिक लबिङमा नलागेका होइनन् । अहिले पनि एमाले उपाध्यक्ष उदय राई, प्रदेश सदस्य गणेश बराल, युवा नेताहरू बुद्धि खनाल र रवीन्द्र सुवेदीको चर्चा पनि चलिरहेको छ भने नेम्वाङको समकालीन भएका कारण डा देवी क्षेत्री दुलाल पनि आकांक्षी छन् ।

सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार भएका कारण अहिलेसम्म एमालेमा सहज भएको सो क्षेत्रमा पार्टी विभाजन हुँदा पनि उनकै कारण एमालेमा कम असर परेको पाइन्छ । अबको निर्वाचनमा एमालेमा पहिलेजस्तो सहज हुने देखिँदैन । राजधानी दैनिकमा विस्तृतमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्