×

सरसर्ती २४ घण्टा

सरकारले करार शिक्षकलाई वार्तामा बोलायो, प्रदेश नेतृत्व छान्न एमालेलाई महाभारत

काठमाडाैं | असोज १२, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन गत सोमबारदेखि जारी छ । गत सोमबार अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा अधिवेशनको उद्घाटन गरेका थिए । 
त्यसपछि कमलादीस्थित प्रज्ञा भवनमा बन्द सत्र भएको थियो । त्यसयता नेतृत्व चयनका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा रस्साकस्सी चलिरहेको छ । तर, चौथो दिनसम्म पनि न सहमति हुन सकेको छ न निर्वाचन नै शुरू भएको छ । केबल निर्वाचन तालिका फेरबदल गर्ने काम भइरहेको छ ।
एमालेमा सर्वसम्मति गर्ने नाममा चुनावी कार्यक्रम फेरबदल भइरहेको हो । जसका कारण नेतृत्व चयनमै महाभारत भइरहेको नेताहरु बताउँछन् । लुम्बिनी प्रदेशमा पनि यसअघि निकै सस्साकस्सीका साथ नेतृत्व चयन भएको थियो । यस्तै कर्णाली र कोशी पनि अहिले नै देखि नेतृत्वका लागि रस्साकस्सी भइसकेको छ । केन्द्रीय नेतृत्वले सहमतिमा जोड दिने आकांक्षीहरु नमिल्दा निर्वाचन प्रक्रियामा नै गलफती भइरहेको बताइएको छ । 
००००
एमाले बागमतीमा तीन सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४५ पदका लागि निर्वाचन हुँदै गर्दा मजदुर क्लस्टरतर्फ तीन सदस्य निर्विरोध भएका हुन् । यो पदमा एकभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन् ।  
यसरी निर्विरोध हुनेमा जिफन्ट बागमती प्रदेश उपाध्यक्षमा अर्जुन अर्याल (मकवानपुर), जिफन्ट राष्ट्रिय कमिटी सचिवमा तारानिधि पन्त (काभ्रे) छन् । त्यस्तै जिफन्ट पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) छन् ।
००००
सरकारले माइतीघरमा आदोलनरत राहत शिक्षकलाई वार्तामा बोलाएको छ ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुन लागेको बताइएको छ । 

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने छ । राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाइएको शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले बताए । यसअघि शिक्षक महासंघसँग सरकारको ६ बुँदे सहमति भएपनि राहत शिक्षकलगायतले सहमति मानेका थिएनन् । 
००००
नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।
 इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार इजरायलमा सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ ।
००००
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गएरातिदेखि चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
००००
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।


Advertisment

बैठकमा उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन, २०८० सार्वजनिकीकरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।
००००
प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे । 
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 
००००
जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।
००००
नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
००००
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज  कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उनी गएराति दोहा प्रस्थान गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
००००
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव  नेत्रविक्रम चन्द (विप्लव सी)का छोरा प्रकाश विवाह बन्धनमा बाँधिएका छन् । 
पार्टीको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत रहेका प्रकाशले अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य डा मान्यता सीसँग विवाह गरेका हुन् ।
००००
नेपाल प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय, दोलाखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार सुनजस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हो । 


Advertisment


 

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x