
तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले विभिन्न मितिमा संस्थाको शेयर रकम, बचत रकम र एक सय तीस शेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेको आरोप छ ।
उक्त सहकारी संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।