बारा, ५ असोज– बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार विजयी भएका छन् ।
देवतालको अध्यक्षमा राजपा नेपालका उम्मेदवार चन्दन कुमार सिंह २३३० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उदयप्रसाद यादवले १९४२ मत प्राप्त गरे ।
त्यस्तै, देवतालको उपाध्यक्षमा पनि राजपाकै रामपति देवी महतो २१५३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी चन्द्रकलीदेवी सहनीले १८५५ मत प्राप्त गरिन् ।