०९ साउन २०८३, शनिबार

एमाले कोशी अधिवेशनमा ईश्वर पोखरेलले भने – प्यानल बनाएर निर्वाचनमा गए सह्य हुँदैन

असोज १२, २०८०
विराटनगर
एमाले कोशी अधिवेशनमा ईश्वर पोखरेलले भने – प्यानल बनाएर निर्वाचनमा गए सह्य हुँदैन
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र गुट बनाउन कसैलाई छुट नभएको बताएका छन् ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको शुक्रवार उद्‌घाटन कार्यक्रममा उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिए । 

प्यानल बनाएर निर्वाचनमा गए नेतृत्वले सहन नसक्ने उनको भनाइ थियो ।

अहिलेको अवस्थामा पार्टी नेतृत्वको निर्देशन अटेर गरेर अगाडि बढ्ने छुट कसैलाई नभएको उनले बताए । 

पार्टी भित्रको सङ्गठनात्मक अराजकता हटाउनु पर्ने बताउँदै उनले दक्षिणपन्थी अवसरवाद पनि चुनौतीको रुपमा आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्