
एमाले बागमती प्रदेश अधिवेशनमा पौने ६ बजेसम्म ६५० मत खसेको छ ।
११६९ मतमध्ये साढे ६ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।
‘पौने ६ बजेसम्म ६५० मत खस्यो अब ७ बजे आसपासमा मतदान सकिने हाम्रो अनुमान छ’ उनले भने, ‘त्यसपछिको दुई घण्टामा निर्वाचनको परिणाम आइसक्छ ।’
अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।