
असोज दुईमा सम्पन्न तेस्रो चरणको मतगणना जारी छ । दुई नम्बर प्रदेशका आठ जिल्लाको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ ।
प्रारम्भ देखिनै अगाडि रहेको नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित निकाल्दै २९ स्थानीय तहमा अग्रता बनाएको छ ।
दोस्रो स्थानमा माओवादी केन्द्र उक्लिएको छ । माओवादी केन्द्रले ५ स्थानीय तहमा जीत निकालेको छ भने नेकपा एमाले र संघीय समाजवादी फोरमले समान चार चार स्थानीय तहमा जीत निकालेका छन् ।
त्यस्तै राजपा र लोकतान्त्रिक फोरमले समान दुई दुई स्थानीय तहमा जीत निकालेका छन् ।
नेपाली कांग्रेस
सप्तरी,विष्णुपुर गाउँपालिका
सप्तरी, बेल्हीचपेना गाउँपालिका
धनुषा,औरही गाउँपालिका
सिरहा,नवराजपुर गाउँपालिका
धनुषा,जनक नन्दनी गाउँपालिका
रौतहट,परोहा नगरपालिका
सर्लाही,धनकौल गाउँपालिका
नेकपा एमाले
धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका
धनुषा,बटेश्वर गाउँपालिका
सप्तरी, सप्तकोशी नगरपालिका
पर्सा,पटेर्वा सुगौली गाउँपालिका
माओवादी केन्द्र
पर्सा,ठोरी गाउँपालिका
सिरहा,कर्जन्हा नगरपालिका
सिरहा,अर्नमा गाउँपालिका
रौतहट, मैलापुर नगरपालिका
फोरम लोकतान्त्रिक
रौतहट,ईशानाथ नगरपालिका
सर्लाही,विष्णु गाउँपालिका
संघीय समाजवादी फोरम
सिरहा,विष्णुपुर गाउँपालिका
सिरहा,भगवानपुर गाउँपालिका
राजपा
धनुषा,हंसपुर नगरपालिका
सर्लाही, कौडेना गाउँपालिका