
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो ।
उनीसँगै गुलाबजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रकाश रोकायको उम्मेवारी परेको हो ।
बन्दसत्र सकिएपछि कर्णाली प्रदेश कमिटीको निर्वाचनको लागि चुनावी प्रक्रिया शुरू भएको छ । कर्णालीमा अधिवेशन उद्घाटन गर्न पुगेका अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएका थिए
तर यामलाल कँडेल पक्षका गुलाबजंग शाहले पनि प्रतिस्पर्धा गर्ने भएपछि कर्णालीमा पनि चुनाव हुने भएको हो ।
ओलीले शाही र कँडेलले शाहलाई अगाडि सारेपछि चुनावी प्रक्रिया शुरू भएको हो ।
शुक्रबार दरखास्त फाराम भर्ने, उम्मेदवारको प्रक्रिया पूरा गरेपछि शनिवार मध्यान्ह साढे १२ बजेदेखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।