२३ असार २०८३, मंगलबार
स्वदेश फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड दुई सातापछि स्वदेश फिर्ता

असोज १३, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड दुई सातापछि स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् । 

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।  ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा गएका थिए । 

चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुका साथै एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाए । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरेका थिए ।

भेटका क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

null

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।​

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले प्रधानमन्त्रीको टोलीलाई बिदाइ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्