
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा (सुर्खेत) नियुक्त भएका छन् । साउन १० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णअनुसार सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल दलित संघको अध्यक्ष विश्वकर्मालाई नियुक्त गरिएको उनले बताए ।