२४ जेठ २०८३, आइतबार

अभिनेता अनमोल केसी अस्पताल भर्ना

असोज १३, २०८०
काठमाडौं
अभिनेता अनमोल केसी अस्पताल भर्ना

आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति महाराजगन्जस्थित चिरायु* अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अनमोलले छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएको हो । 

रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले किटानी जाहेरी दिएपछि उनलाई शुक्रबार पक्राउ गरिएको थियो ।

ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले लोकान्तरलाई जानकारी दिए ।

'निर्माण पक्षको एक करोड ५ लाखभन्दा बढी खर्च भइसकेको रहेछ, बुधवारबाट सुटिङ शुरू हुनु पर्ने भए पनि उनी निर्माण पक्षको सम्पर्कमा नआएपछि जाहेरी परेको थियो । त्यसपछि पक्राउ गरिएको हो' उनले भने, ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन । त्यसपछि पक्राउ गरिएको हो ।' 

केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएका निर्माण पक्षले जनाएको छ । तर उनले फिल्म खेल्न नमानेका निर्माण पक्षको दाबी छ । रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको  चलचित्र हो ।

सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को शीर्ष भूमिकामा अभिनेता केसी र नीति शाहको अभिनय रहने निर्माण कम्पनीले जनाएको थियो ।

*यसअघि प्रहरी स्रोतले दिएको जानकारीका आधारमा केसी चिरायु अस्पतालमा भर्ना भएको हुनुपर्नेमा अन्यथा पर्न गएकोले सच्याइएको छ । -सं

salt training

कमेन्ट गर्नुहोस्