२४ जेठ २०८३, आइतबार

रात्रिबसमा ड्रगको तस्करी, प्रहरीले यसरी पक्राउ गर्यो

कात्तिक २०, २०७४
रात्रिबसमा ड्रगको तस्करी, प्रहरीले यसरी पक्राउ गर्यो

काठमाडौँ, ५ असोज– वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका ना५ख ७२८६ नम्बरको रात्रिबसबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ नियन्त्रणमा लिएको छ ।

नियमित जाँचका क्रममा शंका लागेर बसमा यात्रा गरिरहेका दुईजना व्यक्तिबाट डाइजेल्याव, एनार्जन, नोर्फिन गरी ७५० एम्पुल लागुपदार्थ नियन्त्रणमा लिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

झोलामा लुकाई छिपाई ल्याएका र जाँचका क्रममा सो परिमाणका लागु पदार्थ भेटिएको उनले जानकारी दिए । लागु पदार्थसंगै नियन्त्रणमा लिइएका दुबै जनालाई थप सोधपुछका लागि प्रहरी प्रभाग थानकोटमा पठाइएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्