२९ जेठ २०८३, शुक्रबार

आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता

असोज १३, २०८०
काठमाडौं
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता

आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्ता हुने भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै चिकित्सकहरू आन्दोलनमा छन् ।

मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने उनीहरूको माग छ ।

चिकित्सकलेहरुले हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल, चितवन र पाटनलगायतका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्नलाई तत्काल कारवाही गर्न माग राखेको छ ।​

मणिपुर शिक्षण अस्पतालमा रहेका राजनीतिक दलका भ्रातृ सङ्गठन हटाउनु पर्ने र  चिकित्सकको शान्तिसुरक्षा र सुविधाको प्रत्याभूति गराउनु पर्ने उनीहरूको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्