
नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि मनोनयन दर्ता शुरू भएको छ ।
५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार साँझ ५ बजेपछि मनोनयन दर्ता शुरू भएको हो ।
जसमा अध्यक्षका लागि घनश्याम खतिवडाले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने समर्थकमा छत्रपति प्याकुरेल रहेका छन् ।
शुक्रवारबाट शुरू भएको अधिवेशनको निर्वाचनको समय भने भोलिका लागि तोकिएको छ । मनोनयन राति साढे आठ बजेसम्मका लागि तोकिएको निर्वाचन कमिटीले जनाएको छ ।
यसअघि छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ सयभन्दा बढी मनोनयन फारम वितरण गरिएको थियो ।
७ सयभन्दा बढी मनोनयन फारम वितरण भएपछि उम्मेदवारले प्रस्तावक र समर्थक पाउन कठिन रहेको निर्वाचन कमिटीले जनाएको थियो ।
अध्यक्षका लागि घनश्याम खतिवडाले मनोनयन दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा रामप्रसाद दंगाल रहेका छन् भने समर्थकमा छत्रपति प्याकुरेल रहेका छन् ।
शुक्रवारबाट शुरू भएको अधिवेशनको निर्वाचनको समय भने भोलिका लागि तोकिएको छ ।
मनोनयन राति साढे आठ बजेसम्मका लागि तोकिएको निर्वाचन कमिटीले जनाएको छ ।