०१ असार २०८३, सोमबार

नहरमा डुबेर बृद्धको मृत्यु

कात्तिक २०, २०७४
नहरमा डुबेर बृद्धको मृत्यु

दाङ, ५ असोज– दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेको अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरी फेला परेको लमही वडा प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पतालमा लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्