
नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ ।
जीडब्लूएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरूका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ गतेसम्म आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यो क्याम्प जीडब्लूएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १० देखि साँझ ५ बजेसम्म आयोजना हुनेछ ।
जसबाट कार उत्साहीहरूले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्नेछ ।
चाहे शहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जीडब्लूएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टता प्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।