०६ साउन २०८३, बुधबार

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

असोज १३, २०८०
काठमाडौं
एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच आठ, ६६ रजत र ३३ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो । 

गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ८७ वटा कास्य पदक जितेको छभने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २७ स्वर्ण, २८ रजत र ५३ कास्य गरी एक सय आठ पदक हात पारेको छ ।  
    
गत बिहीबारको तुलनामा शुक्रबार केही प्रगति गरेको भारतले शनिबार पनि त्यसलाई निरन्तरता दिएको छ ।  शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई १० स्वर्ण, १३ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाड पदक तालिकामा ३६ पदकसहित चौथो स्थान सुरक्षित गरेका छन् । 

शुक्रबार पाँचौ स्थानमा रहेको थाइल्याण्डलाई पछि पार्दै उज्वेकिस्तान अघि बढेको छ । दश स्वर्ण, ११ रजत र १५ वटा कास्य जितेको उसलाई आफ्नो स्थान सुनिश्चित गर्न धौ–धौ परेको छ । आठ स्वर्ण, ३ रजत र १४ थाइल्याण्ड छैटौँ स्थानमा झरेको छ । 

 एशियाडको पछिल्लो पदक तालिकाअनुसार  चाइनिज ताइपेइ, हङकङ, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान क्रमश ः सातौ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । शनिबार महिला भारत्तोलनमा एउटा स्वर्ण पदक जितेर इरानलाई पाखा लगाउँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लिएको हो । राजनीतिक प्रतिद्वन्द्वी दक्षिण कोरियालाई उत्तरले हराएको हो ।  शुक्रबार इरान पदक तालिकामा नवौँ स्थानमा थियो । 

चाइनिज ताइपेइले ७, हङकङले ५, उत्तर कोरियाले ४ र इरानले ३ वटा स्वर्ण पदमा चित्त बुझाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्