×

NMB BANK
NIC ASIA

कोशी प्रदेशमा ओली निकटकै नेताले बनाए प्यानल

जिल्ला अध्यक्षदेखि प्रभावशाली नेतालाई एसएमएस

विराटनगर | असोज १३, २०८०

NTC
Premier Steels

 नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत प्यानल बनेको छ । ओलीले प्यानल बनाउन निर्देशन दिए पनि त्यसविपरीत उनी निकटकै नेताले प्यानल बनाएका हुन् । 

Muktinath Bank

ओलीले ग्रिन सिग्नल दिएका अध्यक्षका उम्मेदवार घनश्याम खतिवडा समूहले प्रतिनिधिहरूलाई एसएमएसमार्फत भोट हाल्ने उम्मेदवारको नाम नै पठाएको छ । खतिवडाको प्यानलको उपाध्यक्षमा टिकाराम चेम्जोङ छन् । यस अगाडि पनि चेम्जोङ उपाध्यक्ष नै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सचिवमा राजकुमार भण्डारीलाई उनले प्यानलमा अगाडि सारेको छन् भने उपसचिवमा गौरादह नगरपालिकाकी उपप्रमुख जल वर्षा राजवंशी र खोटाङका देवान थेबे खतिवडाको नाम  छ । 


Advertisment
Nabil box
Kumari

खतिवडा समूहले आफ्नो प्यानलमा यी उम्मेदवार रहेको भन्दै भोट हाल्न आग्रह गर्दै जिल्ला अध्यक्ष तथा त्यस क्षेत्रका प्रभावशाली एक नेताहरूलाई एसएमएस गरेको बताइएको छ । ‘साँझ ५ बजेतिर मोबाइलमा म्यासेज आयो,’ कोशी प्रदेश अन्तरगतको एक जिल्ला अध्यक्षले लोकान्तरसँग भने । वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललगायत संलग्नतमा प्यानल टुङ्ग्याएको एक केन्द्रीय सदस्यले बताए ।  अधिवेशन  सुरु हुनुभन्दा दुई दिन अगाडिदेखि उपाध्यक्ष ईश्वर पोख्रेल विराटनगर मै छन् । 

Vianet communication

यसैबीच अर्का अध्यक्षका प्रत्याशी विनोद ढकालको प्यानलमा पनि उपाध्यक्ष भने टिकाराम चेम्जोङ नै छन् । उपाध्यक्षमा चेम्जोङको मात्रै उम्मेदवारी परेपछि  उनी निर्विरोध निर्वाचित हुने भएका छन् । उपसचिवमा मोरङकै खेम नेपाली र संखुवासभाका भगिश्वर गुरुङ रहेका छन् । यस्तै सचिवमा शैलेश लामाको उम्मेदवारी छ ।

 संस्थापन पक्षले म्यासेज पठाएपछि इतरहरूले पनि समूह निर्माण गरेको ढकाल निकट नेताले बताए । कोशी प्रदेशको निर्वाचनबाट पाँच पदाधिकारी सहित २१५ सदस्यीय  कमिटी चयन हुने छ । 

प्रदेश कमिटी चयनका लागि  आइतबार बिहान ११ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ । अधिवेशन अवधिमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठ सहित स्थायी कमिटी सदस्यहरू शेरधन राई, मुख्यमन्त्रीसमेत रहेका हिक्मतकुमार कार्की, अग्नि खरेल, डा शिवमाया तुम्बाहाम्फे र राजेन्द्र गौतम समेत विराटनगरमै छन । यस्तै केन्द्रीय सदस्य भगवती चौधरी, जगदीश कुसियैत, रामराना मगर, पर्शुराम मेघी गुरुङ र सुनीता बराल पनि विराटनगरमै रहेको नेताहरूले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x