
सप्तरी, ५ असोज– प्रदेश नम्बर दुई अन्तर्गत असोज दुई गते सम्पन्न तेस्रो चरणको स्थानीय तहको मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
मतपरिणाम अनुसार नेपाली कांग्रेसले १० स्थानीय तहमा जीत निकाल्दै अग्रता कायम गरेको छ । दोस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले पाँच स्थानीय तहमा जीत निकालेको छ ।
नेकपा एमाले ४ स्थानीय तहमा जित्दै तेस्रो स्थानमा रहँदा संघीय समाजवादी फोरम र राजपा समान तीन तीन स्थानीय तहमा जित निकाल्न सफल भएका छन् । लोकतान्त्रिक फोरमले दुई स्थानीय तहमा जीत निकालेको छ ।
कुन दलले कहाँ कहाँ जिते ?
कांग्रेसले जितेको स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा
२. धनुषाको औरहीमा
३. सर्लाहीको धनकौल गाउँपालिका
४. धनुषाको जनकनन्दिनीमा
५. सप्तरीको विष्णुपुरमा
६. सप्तरीको बेल्ही चपेना गाउँपालिका
७. रौतहटको परोहामा
८.बाराको करैयामाईको
९. सप्तरीको बेल्ही(चपेना गाउँपालिका
१०. सर्लाहीको रामनगर
एमालेले जितेका स्थानीय तह१ धनुषाको बटेश्वरमा
२ सप्तरीको सप्तकोशी नगरपालिका
३ पर्साको पटेर्वा सुगौली
४ धनुषाको मुखियापट्टि
संघीय समाजवादी फोरमले जितेका स्थानीय तह१. सिरहाको विष्णपुर गाउँपालिकामा
२. सिरहाको भगवानपुर गाउँपालिका
३.सर्लाहीको पर्सा गाउँपालिका
माओवादी केन्द्रले जितेका स्थानीय तह१. सिरहाको कर्जन्हामा
२. सिरहाको अर्नमामा
३. पर्साको ठोरी गाउँपालिका
४.रौतहटको मौलापुर नगरपालिका
५. सिरहाको औरहीमा
राजपाले जितेका स्थानीय तह१.धनुषाको हंसपुर
२. बाराको देवताल
३. सर्लाहीको कौडेना गाउँपालिका
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह१. सर्लाहीको विष्णु गाउँपालिका
२. रौतहटको ईशनाथ नगरपालिका