२१ जेठ २०८३, बिहीबार

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दीक्षित

असोज १४, २०८०
काठमाडौं
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दीक्षित

इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उनीहरूलाई दीक्षित गरिएको हो ।

दीक्षित विद्यार्थीहरूलाई कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले प्रमाण पत्र प्रदान गरे । दीक्षित विद्याथीलाई बधाई दिँदै काफ्लेले नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेका यसले अभाव परिपूर्ति हुने विश्वास व्यक्त गरे ।

दिक्षीत विद्यार्थीहरूको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको उनले बताए । 

त्यस्तै दीक्षित विद्याथीलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सीए सुजन कुमार काफ्लेले यो कोर्षले कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग पुग्ने बताए । 

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाली दाजुभाइलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियालाई महत्वपूर्ण भूमिका खेलेको बताए । 

दीक्षान्त समारोहअघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीमा पूर्वअर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरूले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्