३१ जेठ २०८३, आइतबार

उत्तर कोरियासँग वार्ता गर्नुपर्ने चीनको भनाइ

कात्तिक २०, २०७४
उत्तर कोरियासँग वार्ता गर्नुपर्ने चीनको भनाइ
संयुक्त राष्ट्रसंघ, ५ असोज : कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा चीनले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले सो धारणा राख्नुभएको हो । 

चिनियाँ विदेशमन्त्री यि हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा हुनुहुन्छ । उहाँले मङ्गलबार अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । 

सोही भेटकाक्रममा उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ । 

उहाँहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट उक्त क्षेत्रमा शान्ति स्थापनाको बारेमा सहमति भएको बताइएको छ । 

सो भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या समाधानमा आवश्यक वार्ताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । 

त्यस वार्ताका क्रममा उहाँहरुबीच केही समयपछि हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । 

त्यसैगरी सो भेटवार्ताका क्रममा आपसी हित र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । 

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको सम्बन्ध राम्रो रहेको छ । उहाँहरुले गएका दुई हप्तायतामात्र पनि दुई पटकसम्म फोन वार्ता गर्नुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्