०२ साउन २०८३, शनिबार

सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन

असोज १४, २०८०
काठमाडौं
सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सामाजिक सञ्जालको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन् ।

काठमाडौंको वनस्थलीमा आइतवार हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उद्‌घाटन गर्दै पुनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उनको भनाइ छ ।

लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकोप्रति पुनले चिन्ता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्