१० साउन २०८३, आइतबार

अभिनेता अनमोल केसी रिहा

असोज १४, २०८०
काठमाडौं
अभिनेता अनमोल केसी रिहा

ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार बेलुकी हाजिरी जमानीमा रिहा गरेको हो । 
जिल्ला प्रहरी परिसर काठमाडौंका  एक अधिकृतले आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई रिहा गरिएको बताए । 

गत शुक्रबार रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले किटानी जाहेरी दिएपछि अनमोल पक्राउ परेका थिए । 

केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएको निर्माण पक्षले जनाएको छ । तर उनले फिल्म खेल्न नमानेका निर्माण पक्षको दाबी छ ।

रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको  चलचित्र हो । सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को शीर्ष भूमिकामा अभिनेता केसी र नीति शाहको अभिनय रहने निर्माण कम्पनीले जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्