१३ असार २०८३, शनिबार

खटाइएका स्थानमा काम गर्नु कर्मचारीको जिम्मेवारी

कात्तिक २०, २०७४
खटाइएका स्थानमा काम गर्नु कर्मचारीको जिम्मेवारी


विराटनगर, ५ असोज- सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा १६ हजार कर्मचारी खटाउनुपर्नेमा अहिलेसम्ममा ११ हजार खटिसकिएको जानकारी दिनुभएको छ ।Tek-Bahadur-Basnet (1) 1

मोरङका कार्यालय प्रमुखलाई निर्देशन दिने क्रममा उहाँले मुलुकको ७७ जिल्लामध्ये ७३ जिल्लामा कर्मचारी खटाइसकिएको जानकारी गराउँदै भन्नुभयो, “मुलुकका सात हजार वडा कार्यालयमध्ये एक हजार वडा कार्यालयमा कर्मचारीको अभाव रहेको र सोमध्ये २०० कार्यकारी प्रमुखको अभाव रहेको छ ।”

कर्मचारी व्यवस्थापनका लागि सरकारले मापदण्ड निर्धारण गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले ५५ वर्षभन्दा बढी उमेर पुगेका कर्मचारीलाई नखटाइने, ५० देखि ५५ वर्ष उमेरका कर्मचारीलाई महानगर वा नगरपालिकामा र सोभन्दा कम उमेरका कर्मचारीलाई अन्य ठाउँमा खटाइने स्पष्ट गर्नुभयो ।

इटहरी – सामान्य प्रशासनमन्त्री बस्नेतले खटाइका स्थानमा इमान्दारीपूर्वक हाजिर भएर काम गर्नु कर्मचारीको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

इटहरी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको हरेक समस्याको समाधानमा सहजीकरण गर्नु कर्मचारीको जिम्मेवारी भएकाले आधिकारिक ट्रेड युनियन पदाधिकारीले पहिलो शर्त नै कामलाई दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले स्थानीय, प्रादेशिक र संघीय संरचनानुरुपको निजामती कर्मचारी सेवा ऐन निर्माण गर्न सरकार लागिपरेको जानकारी पनि दिनुभयो ।

कतिपय स्थानीय तहमा प्राविधिक एवम अन्य जनशक्ति अभाव रहेकाले त्यसलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रालयले अधिकतम सहजताका साथ काम गरिरहेकाले ऐनले तोकेको र निर्दिष्ट गरेका कामलाई इमान्दारीपूर्वक सम्पादनमा जोड दिन पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांशमा संविधानले परिकल्पना गरेबमोजिम ५६५ कर्मचारीको व्यवस्थापन भइसकेको र केही कर्मचारीको व्यवस्थापन हुने क्रममा रहेको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्रले मौजुदा कर्मचारीको अधिकृतम व्यवस्थापन गरेर जनतालाई सुविधा उपलब्ध गर्ने प्रयत्न भइरहेको उल्लेख गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्