×

बस टिकटमा कालोबजारी

विमानस्थलमा झरेलगत्तै ठगिन्छन् दशैं मान्न फर्किनेहरू, ट्याक्सीदेखि काउन्टरसम्म सेटिङ

काठमाडाैं | असोज १५, २०८०

NTC
Sarbottam
Premier Steels

सप्तरीका सद्दाम मियाँ (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट शनिवार नेपाल फर्किए । कतार एयरलाइन्समार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी बाहिर निस्किनेबित्तिकै ठगिए ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

कतारमा २ वर्ष काम गरेपछि ३५ दिनका लागि बिदामा स्वदेश फर्किएका उनलाई विमानस्थलबाट तिलगंगा आँखा अस्पतालसम्म ल्याउन हरियो प्लेटको ट्याक्सीले ५ सय रुपैयाँ भाडा लियो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

नजिकै पनि किन यति महंगो भनेर प्रतिवाद गर्दा उल्टै गाली खानुपरेको उनले सुनाए ।


Advertisment

होटल लगिदिन्छु भनेका ट्याक्सी चालकले सिधै तराईको रुटमा चल्ने गाडीको टिकट काउन्टरमा पुर्‍याइदिएका रहेछन् ।

Vianet communication
Laxmi Bank

एकदिन थकान बिसाएर मात्र घर फर्किने मनस्थितिमा रहेका उनलाई काउन्टरमा गाडीवालाहरूले तानातान गर्न थाले । गाडी हिँड्नै लाग्यो भनेर जबरजस्ती गर्न थाले ।

परिवारका सदस्यलाई लत्ताकपडा र केही सामान किनेर घर जाने उनको योजना नै अलपत्र पर्‍यो । यहाँसम्म कि उनले आफूलाई लिन भनेर आएको भाइलाई समेत भेट्न पाएका रहेनछन् ।

‘सर मैले भाइलाई समेत भेट्न पाएको छैन । यिनीहरूले यसरी यहाँ ल्याए कि के गर्ने, के नगर्ने अत्तोपत्तो पाइनँ । १ किलोमिटरभित्रै ट्याक्सीले ५ सय रुपैयाँ भाडा लियो,’ गौशालास्थित तिलगंगा संयुक्त बुकिङ काउन्टरअगाडि फेला परेका सद्दामले लोकान्तरसँग भने, ‘मलाई लिन आएको भाइलाई पनि भेट्न पाएको छैन ।’

लगेजसहित सद्दाम र अर्का एक नेपाली

काउन्टरमा आइपुगिहालियो, भोलिका लागि टिकट काट्छु भनेर उनले भाडा सोधे । अघि तानातान गर्ने व्यक्तिहरू पनि काउन्टरमै थिए । 

उनले राजविराजका लागि २ वटा टिकटको शुल्क सोधेका थिए । काउन्टरमा रहेका व्यक्तिहरूले एक जनाको १७ सय र लगेजको छुट्टै ३ सय रुपैयाँ लाग्ने बताए ।

यतिबेलासम्म उनको भाइ पनि आइपुगिसकेका थिए । भाइले प्रतिवाद गरे, ‘हिजो मात्र म १२ सय रुपैयाँमा आएको, अहिले कसरी १७ सय भयो ?’

काउन्टरमा बसेका व्यक्तिले थर्काए, ‘धो.. बढ्ता बोल्छस्, कुटिदिऊँ !’

उनीहरूको केही लागेन, लफडा गर्नुभन्दा चुपचाप पैसा तिरेर हिँड्नु बेस भन्ने ठानेर २ वटा टिकटको ३४ सय रुपैयाँ र लगेजको ३ सय गरी ३७ सय रुपैयाँ तिरेर बाहिर निस्किए ।

टिकटमा भाडादर नबुझिने गरी लेखिएको थियो ।

तिलगंगामा सञ्चालित अर्को एक काउन्टर

आफूले भाडा बुझिएन नि भन्ने प्रश्न गर्दा ‘तैँले बुझ्नुपर्छ र, गाडीवालाले बुझिहाल्छ नि,’ भन्ने जवाफ फर्काएको सद्दामका भाइले बताए ।

काठमाडौंबाट रुपनी हुँदै राजविराजसम्मको सरकारी भाडादर १ हजार २९० रुपैयाँ छ । तर, विदेशबाट फर्किने यात्रुहरूलाई ट्र्यापमा पारेर दिनदहाडै ठगी हुने गरेको पाइएको छ ।

त्यसपछि हामी आफैं सिनामंगलको सजिलो यातायात प्रालिको काउन्टरमा पुगेर बुझ्दा सरकारी रेटअनुसारकै भाडा र सामानको ३ सय रुपैयाँ अतिरिक्त लाग्ने जवाफ  आयो ।

null

मान्छे जाँदा एउटा लगेजको पनि पैसा लाग्छ र ? भन्ने प्रश्न गर्दा ‘हामीले लिने होइन, गाडीवालाले लिन्छन्’ भन्ने जवाफ आयो ।

संयुक्त यातायात लेखिएको काउन्टरमा गएर बुझ्दा टिकटको १७ सय रुपैयाँ नै पर्ने बताइयो । साथै सामानको अतिरिक्त पैसा पर्ने जवाफ आयो ।

काठमाडौं महानगरपालिले पछिल्लो समयमा यस्ता काउन्टरबाट ठगी भएको भन्दै काठमाडौंबाट बाहिर जाने सवारीका सबै टिकट काउन्टरलाई नयाँ बसपार्क क्षेत्रभित्र सार्न निर्देशन दिएको थियो । तर पनि तिलगंगा र सिनामंगल क्षेत्रमा चलेका काउन्टरहरू यथावत छन्, र यात्रुहरूलाई ठगिरहेको गुनासो व्यापक छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x