२९ जेठ २०८३, शुक्रबार

सरुवाको निर्णय कार्यान्वयनका लागि पाँच दिनको समय थप

असोज १५, २०८०
काठमाडौं
सरुवाको निर्णय कार्यान्वयनका लागि पाँच दिनको समय थप

नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप गरेको छ । 

गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा अध्यक्ष शिव अधिकारीले सोमबार प्रधानाध्यापकहरुसँग  छलफल गरेका थिए । सो क्रममा प्रधानाध्यापकहरूले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए । 

उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो । शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने भएकाले पनि कार्यान्वयनमा ढिला गर्न नहुने अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरूलाई बताए । 
गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको अधिकारीको भनाइ छ । 

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा उच्च अदालत पाटनमा रिटमा दायर भएको थियो ।  पहिलो सुनुवाइमा अदालतले अन्तरिम आदेश दिएपनि बुधबार भने खारेज गरेको थियो ।
यसैबीच गाउँपालिका अध्यक्ष शिव अधिकारीले नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्