
नेपालमा ३९ वर्षको इतिहास बोकेको ब्रान्ड गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्वी पहाडी भेग संखुवासभाको चैनपुर, पूर्वी तराई भेग झापाको बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमको उद्घाटन गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारिक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारिक बिक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको नयाँ शोरुम उद्घाटन गरेको हो । ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यअनुरुप यी नयाँ शोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
लक्की सप्लायर्स शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका थिए । अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा उनले उद्घाटन गरेका हुन् ।
साहारा कृषि अनुसन्धान तथा विकास कम्पनी प्रालिको शोरुम चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका थिए ।
‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाई उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठूलो भूमिका निर्वाह गर्दछ,’ समारोहमा कार्यकारी निर्देशक चौधरी भने, ‘यही उद्देश्यअनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुम सञ्चालनमा ल्याएका हौं र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुम पनि संचालनमा ल्याउने छौं ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।