काठमाडौं, ५ असोज— दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहिबार रातीसम्म ३० स्थानीय तहको नतिजा आउँदा नेपाली कांग्रेस १० तह जित्दै शीर्ष स्थानमा छ । यस्तै नेकपा माओवादी केन्द्र र राजपाले ५—५ तह जित्दा संघीय समाजवादी फोरम र नेकपा एमालेले ४—४ तह जितेका छन् । यस्तै लोकतान्त्रिक फोरमले २ तह जितेको छ । जारी मतगणना अनुसार कांग्रेसको माओवादी र राजपाको भन्दा दोब्बर अग्रता रहेको छ ।