३० जेठ २०८३, शनिबार

न्युरोडमा जात्रा हेर्न गएका एक जनाको हत्या, २ पक्राउ

असोज १६, २०८०
काठमाडौं
न्युरोडमा जात्रा हेर्न गएका एक जनाको हत्या, २ पक्राउ
फाइल फोटो

काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ ।

सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको छ । तर उनीहरूको नाम भने खुलाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्