२३ असार २०८३, मंगलबार

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई, भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोमा धन्यवाद

असोज १६, २०८०
काठमाडौं
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई, भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोमा धन्यवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् बधाई र धन्यवाद दिएका हुन् । 

उनले आज बिहान भारतसँग उत्कृष्ट खेल प्रदर्शन गरेको समेत बताएका छन् । '१९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई,' उनले लेखेका छन्, 'साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल आज भारतसँग २३ रनले पराजित भएको थियो । २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्रै बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्