२९ जेठ २०८३, शुक्रबार
सामाजिक सञ्जालको एउटा स्टाटसपछिको उग्ररुप

धार्मिक द्वन्द्वको सम्भावनापछि नेपालगन्जमा कर्फ्यु

असोज १६, २०८०
बुटवल
धार्मिक द्वन्द्वको सम्भावनापछि नेपालगन्जमा कर्फ्यु
तश्विर सौजन्य : पत्रकार कमल डाँगी

धार्मिक द्वन्द्वको सम्भावना बढेपछि नेपालगन्जमा कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलवार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मंगलवार दिउँसो १ बजेदेखि अनिश्चित कालसम्मको लागि​ कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

बाँकेका एसपी सन्तोष सिंह राठोरले १ बजेदेखि कफ्यु लगाइएको लोकान्तरलाई जानकारी दिए ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।​

null

हिन्दुहरूको समूह नेपालगन्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सद्‌भाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो ।

सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगन्जमा आज बिहान सद्‌भाव र्‍यालीसमेत निकालिएको थियो ।

यसैबीच राप्रपा महामन्त्री डा. धवल शमशेर जबराले मंगलवार संसद्‌को आकस्मिक समयमा बोल्दै सद्‌भावका लागि अपिल गरेका छन् ।

null

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यही असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यानमा राखेर कर्फ्यु आदेश जारी गरिएको हो ।​

यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

null

salt training

कमेन्ट गर्नुहोस्